CLI

आइसिएफसि फाइनान्सको नाफा घट्यो,लाभांश वितरण क्षमता कति ?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी नाफा घटेको छ । कम्पनीको नाफा ३३ करोड ३० लाख ७९ हजार ९८० रुपैयाँबाट घटेर २६ करोड  ४२ लाख २४ हजार ९४० रुपैयाँमा खुमचीएको छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। कम्पनीले २ करोड ३२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । अघिल्लो वर्ष फाइनान्सले ५ करोड ६५ लाख इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको थियो ।

फाइनान्सले  २२ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर १८ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा ९१ करोड ५३ लाख रुपैयाँ जम्मा छ ।

आइसिएफसिको प्रतिसेयर आम्दानी २२.३३ रुपैयाँ कायम भएको छ ।  एनपीएल १.५५ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल १.८४ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ १८९.३२ रुपैयाँ छ । लाभांश वितरण क्षमता ११.९८ प्रतिशत छ ।

Leave Your Comment

Related News