CLI

सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा पूर्ण रुपमा हटाइयो

काठमाडौं । सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्ण रुपमा हटाएको छ।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि सोमबार साउन १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकको निर्णयानुसार सोही दिन विहान १०:०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिए।

यसअघि स्थानीय प्रशासनले सुरक्षा स्थिति नियन्त्रणमा राख्न र कुनै किसिमको अप्रिय घटना हुन नदिन राजविराज तथा बोदेबर्साइन नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा हटेसँगै दुवै स्थानीय तहको जनजीवन सामान्य बन्दै गएको छ।

Leave Your Comment

Related News