CLI

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा केसी नियुक्त

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत केसीलाई सोही मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि नेपाल बीमा प्राधिकरणले असार १ गते कम्पनीलाई पत्राचार गर्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृतमाथि बीमा सम्बन्धी कसूरमा मुद्दा दायर भएको कारण उनी निलम्बनमा रहने जानकारी गराएको थियो। त्यसपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहँदै आएको थियो।

रिक्त रहेको नेतृत्वको जिम्मेवारी व्यवस्थापन गर्न सञ्चालक समितिले डीसीईओ अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पने निर्णय गरेको जनाएको छ।

Leave Your Comment

Related News