काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.१८ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी ३७ करोड ८ लाख रुपैयाँबाट बढेर ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ९ करोड २५ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा कायम भएको छ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३४ करोड १० लाख रुपैयाँ, निक्षेप तथा सापटी ५ अर्ब २८ करोड रुपैयाँ र कर्जा प्रवाह ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा, खराब कर्जा ९.०४ प्रतिशत तथा प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ५२ पैसा रहेको छ।



