CLI

बजारमा ग्याँसको अभाव नभएको आयल निगमको दाबी बास्तबिकता फरक

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नरहेको र आपूर्तिको अवस्था सहज रहेको  दाबी गरेको छ  । आयल निगमले आज एक बिज्ञप्ती जारी गरेर सो कुराको जानकारी दिएको हो । निगमका अनुसार विभिन्न सञ्चार माध्यममा ग्याँस अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले सर्वसाधारणलाई अनावश्यक रूपमा ग्याँस खरिद गरी भण्डारण नगर्न  अनुरोध गरेको छ।

तर आयल निगमको दाबी बिपरित बजारमा भने एलपी ग्यासको हाहाकार देखिएको छ । कुनै पनि ग्यास बिक्रेताकोमा ग्यास नआएको ग्यास बिक्रेताले बताउदै उपभोक्तालाई रित्तो हात फर्काएका छन् । काठमाडौंको कपन बौद, मुलपानी सुन्दी जल क्षेत्रका ३० ग्यास डिपोमा २०० सय उपभोक्ता लाईनमा रहेको सो एक उपभोक्ताले इक्विटी नेपाललाई बताए । यसै गरि अत्याबस्यक परेको नागरिकलाइ जिल्ला प्रसासन कार्यालको समन्वयमा ग्यास आपुर्ति गराइने कति पय जिल्ला प्रसासन कार्यालयले भनेका छन। आज मात्र वुटवल क्षेत्रमा ग्यासको लागि उपभोक्ताको लामो लाइन देखीएको छ ।

देशमा एलपी ग्याँसको मासिक औसत खपत ४७,००० मेट्रिक टन रहेकोमा हाल मागअनुसार नै नियमित आपूर्ति भइरहेको बताएको छ ।  निगमले उल्लेख गरे अनुसार श्रावण १ देखि १८ गतेसम्म मात्रै ३१,८१६ मेट्रिक टन ग्याँस आयात भइसकेको र हालको आकस्मिक माग वृद्धिलाई ध्यानमा राखेर  यो महिनाको आयात परिमाण थप बढाएको हो

नेपाल आयल निगमले उपभोक्तालाइ सहज रुपमा ग्यास आपुर्ति गर्न  टेकुबाट बिहान ११ देखि ५ बजेसम्म ग्याँस बिक्री गर्दै आएको बिषय पनि उल्लेख गरेको छ । निगमले नेपाल ग्याँस, एच.पी. ग्याँस, एभरेष्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँसका सिलिन्डरहरू सम्बन्धित उद्योगमार्फत बिहान ११:०० देखि बेलुका ५:०० बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाएको बताएको छ । निगमले यसका साथै  ग्याँस उद्योगहरूलाई पनि आफ्नै परिसरबाट सर्वसाधारणका लागि बिक्री वितरण गर्न निर्देशन दिइएको छ

निगमले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिन भनेको छ  ।  निगमले ग्यास आपुर्ति सहज भएको दाबी गरेपनि उपभिक्ताले ग्यास पाएका छैनन  आयल निगमको टेकु कार्यालयबाट बिहान ११ बजेबाट बिकर् बितरण हुने ग्यास लिन उपभोक्ता बिहान ३ बजे देखी लाईनमा बसेको दृष्य देखीएको छ ।

 

Leave Your Comment

Related News