काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँ थियो ।


