नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आँउदै, शेयर निष्काशन तथा बिक्री प्रबन्धकका एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निश्काशन  गर्ने भएको छ । आइपिओ निश्काशनको लागि कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ।

सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल माइक्रो इन्स्योरेन्सको लागि एनआईएमबि एस क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । नेपाल माइक्रोले चुक्तापूंजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ ल्याउने भएको हो ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो २०७१ साल चैत २७ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल बैशाख २६ गतेदेखि संचालनमा आएको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार