काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भदौ १४ गते आइतबार अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले सञ्चालक समितिमा सर्वसाधारण समूह ‘क’ मा ३ जना सञ्चालकको निर्वाचन गर्नेछ भने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नु पर्ने भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ ।
गत आवको लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने, अघिल्लो आवमा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिका सदस्यले लिएको तलब भत्ता अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ५ गतेका दिन शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिने भएकाले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।


