काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले ‘बी ०३ एक्स’ बिक्री सुरू गरेको हो । एक कार्यक्रमका बीच कम्पनीले यस गाडीको बिक्री सुरु गरेको जानकारी दिएको हो ।
गाडीका विशेषताहरूको बारेमा जानकारी दिँदै साङ्ग्रिला मोटर्सका महाप्रबन्धक किरण श्रेष्ठले यसमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको बताए ।
डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

यसको डिजाइन आधुनिक, व्यवहारिक र एरोडाइनामिक शैलीमा तयार गरिएको छ । यसको अगाडि बन्द ग्रिल, स्लिम एलईडी हेडलाइट र स्माइल शैलीको लाइट छन् । बम्परको डिजाइन सफा र एरोडाइनामिक छ । यसको साइडमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफ इफेक्ट छ । पछाडि एलईडी टेललाइट दिइएको छ ।
यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो क्याबिन रहेको छ। यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।
सुरक्षाका दृष्टिकोणले यस एसयूभीमा ६ वटा एयरब्याग, लेभल २ एडास प्रविधि, ३६० डिग्री क्यामेरा र ट्रान्सपेरेन्ट च्यासिस उपलब्ध गराइएको छ ।पाँच फरक आकर्षक रङहरूमा उपलब्ध यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि उत्कृष्ट विकल्प हुने अपेक्षा गरिएको छ ।
नेपाली बजारका लागि लिपमोटर बी ०३ याक्स प्रो म्याक्सको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


