CLI

क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन् ।

जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि २०८३ साउन २४ गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

Leave Your Comment

Related News