CLI

नेशनल लाइफ र सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोली अर्थात साउन २४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते, शुक्रबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Leave Your Comment

Related News