काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले हेटौँडा कपडा उद्योग सञ्चालन गर्न खोज्नु राजनीतिक स्टन्ट वा दिगो सञ्चालन भनि प्रश्न अघि सारेका छन् ।
सामाजिक सञ्जालमा आफनो धारणा व्यक्त गर्ने क्रममा उनले हेटौँडा कपडा उद्योग चलाउने प्रयास गरिन्छ तर पुनः बन्द गरेर पुरानै नियति दोहोरिने गरेको बताए । पोखरेलले उद्योगलाई आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रुपमा चलाउनु आवश्यक रहेको बताएका छन् । राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक रहेको उनको भनाई छ ।
‘ हेटौँडा कपडा उद्योग: राजनीतिक स्टन्ट कि दिगो सञ्चालन?! , उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
‘नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिन्छ, केही दिन चलेको नाटक पनि देखाइन्छ। तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिन्छ। राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ।
स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ!’ , उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।


