फाइनान्स कम्पनीहरुको नाफा ४४ करोड ६४ लाख पुग्यो

काठमाडौं । वित्त कम्पनीहरुको नाफा उल्लेखीय रुपमा बढेको छ । मुलुकभर राष्ट्रिय र क्षेत्रियस्तरको गरी १८ वटा वित्त कम्पनीहरु रहेकामा १४ वटा वित्त कम्पनीहरुले आफनो प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नाफा ४५४.९० प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १४ वटा वित्त कम्पनीले आफनो नाफा बढेको बताएको हो । आर्थिक वर्ष २०८०/८१ मा १४ वटा वित्त कम्पनीहरुको नाफा ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा भने ती कम्पनीहरुको नाफा ८ करोड ४ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ भने त्यसपश्चयात क्रमशः गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, रिलयान्स फाइनान्स, मल्टीप्रपोज फाइनान्स, नेपाल फाइनान्स, गह्युश्ेवरी मर्चेन्ट, वेस्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र जानकी फाइनान्स रहेको छ । समीक्षा अवधिमा मन्जुश्री फाइनान्सको २६ करोड ५८ लाख २० हजार रुपैयाँ, गुडविल फाइनान्सको १४ करोड ८४ लाख २९ हजार रुपैयाँ, आइसीएफसी फाइनान्सको ११ करोड ८६ लाख ४८ हजार रुपैयाँ, गोर्खाज फाइनान्सको १० करोड ८९ लाख ३८ हजार रुपैयाँ, पोखरा फाइनान्सको १० करोड ६४ लाख ५९ हजार रुपैयाँ , श्री इन्भेष्टमेन्टको ६ करोड ६८ लाख ४२ हजार रुपैयाँ, रिलयान्स फाइनान्सको २ करोड ८९ लाख २१ हजार रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको २ करोड ३ लाख ४३ हजार रुपैयाँ, नेपाल फाइनान्सको १ करोड ८१ लाख १८ हजार रुपैयाँ, गह्युश्ेवरी मर्चेन्टको १ करोड ५४ लाख ८९ हजार रुपैयाँ, वेस्ट फाइनान्सको ४ लाख ७७ हजार रुपैयाँ, प्रोगेसिभ फाइनान्सको ३ करोड ८० लाख ७६ हजार रुपैयाँ र सेन्ट्रल फाइनान्सको ६ करोड ३८ लाख ८० हजार रुपैयाँ नाफा रहेको छ । जानकी फाइनान्सको भने १३ करोड ७१ लाख ६३ हजार रुपैयाँले घाटा व्यहोरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा भने मन्जीश्री फाइनान्सले २४ करोड ६९ लाख रुपैयाँ, आइसीएफसीले १५ करोड ४५ लाख ८१ हजार रुपैयाँ, श्री इन्भेष्टमेन्टले ७ करोड ५० लाख १४ हजार रुपैयाँ, मल्टीप्रपोजले ८६ लाख १६ हजार रुपैयाँ, नेपाल फाइनान्सले २ करोड १ लाख ३४ हजार रुपैयाँ, गुह्यश्ेवरी मर्चेन्टको ६ करोड ४८ लाख २४ हजार रुपैयाँ, वेष्ट फाइनान्सको ८६ लाख २७ हजार रुपैयाँ, सेन्ट्रल फाइनान्सको ४ करोड ११ लाख ८२ हजार रुपैयाँ, पोखरा फाइनान्सको २ करोड ३८ लाख ५८ हजार रुपैयाँ र जानकी फाइनान्सको ४१ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार