विद्युत प्राधिकरण सँगै विवाद गर्दै उद्योगी, सुटुक्क महशुल बुझाउने पनि उद्योगी

काठमाडौं ।डेडिकेटेड फिडर र ट्रंक लाइन महशुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहँदा विद्युत महशुल भने तिरेको पाइएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद चलिरहेका बेला न्यू नारायन रबर इण्डष्ट्रिज बुटवलले किस्ता सुविधामा बाँकी बक्यौता तिरेको छ । कम्पनीले गत महिना देखि १८ किस्तामा तिर्ने गरि किस्ता सुविधा पाएको थियो ।

प्राधिकरणले कम्पनीको १० लाख २५ हजार रुपैयाँ बक्यौता रहेको भन्दै गत असार ४ मा पत्र पठाएको थियो । त्यस लगत्तै कम्पनीले असार २६ गते किस्ता सुविधाकोलागि निवेदन दिएर १८ किस्तामा भुक्तानी गर्ने सुविधा पाएको थियो । हाल दोस्रो किस्ता बुझाएको कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता ८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

यस अघि चार उद्योगले बक्यौता बुझाएका थिए । सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स र जय दुर्गा प्लास्टिक उद्योगले बक्यौताको केही अंक तिरेका थिए ।

प्राधिकरणका अनुसार यी उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बुझाएका हुन् । सोना प्याकेजिङले २ लाख ८४ हजार रुपैयाँ, सोना पोलिमर्सले २ लाख ७७ हजार रुपैयाँ, यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ र जय दुर्गाले ७० हजार ५३२ रुपैयाँ बक्यौता तिरेका हुन् ।
प्राधिकरण र उद्योगीबीच विवाद कायमै रहेका बेला बक्यौता रकम बुझाएका थिए । प्राधिकरण र उद्योगीबीच विवाद चलरिहे पनि किस्ता सुविधा लिएर उद्योगीहरुले प्राधिकरणलाई रकम बुझाउदै आएका छन् । प्राधिकरण र उद्योगीबीचको विवाद संसद, संसदका विभिन्न समिति, प्रधानमन्त्री र मन्त्रीहरु सम्म पुगेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार