सात सयले महँगियो सुन

काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रति तोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी प्रति तोला १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार