सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ। आइतबार छापावाल सुन प्रति तोला सात सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले सस्तो भएको छ । चाँदी प्रति तोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार