RE
Global College

लगानी बोर्डको सीईओमा जागिर खुल्यो

काठमाडौं । सरकारले लगाी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सीईओका आवेदन माग गरेको हो।

२०७७ साउन १९ गते लगानी बोर्डका सीईओका रुपमा नियुक्ती लिएका सुशील भट्टको चार वर्षे कार्याकाल समाप्त भएसँग नयाँ उमेदावरका लागि दरखास्त आह्वान गरिएको छ। सीईओका लागि योग्यता पुगेको नेपाली नगरिकले यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिनुपर्नेछ।

 

NECO

Leave Your Comment

Related News