CLI
Global College

सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको खबर अफवाह मात्रै, नदीको बहाव सामान्य

काठमाडौं ।सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी नदीमा बाढी आएको भन्दै फैलिएको समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको छ।

हाल नदीमा बाढीको कुनै पनि जोखिम नरहेको र जलसतह सामान्य अवस्थामै बगिरहेको छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिएका यस्ता भ्रम र अफवाहको पछि नलाग्न तथा नआत्तिन सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले अनुरोध गरेका छन्।

नदी तटीय क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन भइरहेकाले कुनै पनि आधिकारिक सूचना वा नयाँ जानकारी प्राप्त हुनासाथ तुरुन्त सम्प्रेषण गरिनेछ।

Leave Your Comment

Related News