काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १६ करोड ५ लाख रुपैयाँले घटेको हो । विहीबार कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ थियो।
यस दिन, सेन्सेटिभ इन्डेक्स ६.६८ अंकले घटेर ४४४.४३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ३.०२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.४१ अंकले घटेको छ ।
यस दिन ११ सबै घटेका छन् । भने उत्पादन र प्रशोधन बढेको छ। बैंकिङ १.०० प्रतिशतले,विकास बैंक ०.९६,वित्त १.४१, होटल्स तथा पर्यटन समूह २.४४, जलविद्युत २.९४, लगानी १.१९, जीवन बीमा १.९७, लघुवित्त १.१४, म्युअुचल फण्ड १.०० ,निर्जीवन बीमा ५.०३,अन्य समूह ३.३० र व्यापार समूह १.११ प्रतिशतले बढेका छन्।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य ७.५७ प्रतिशत बढेको छ भने ७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशत बढेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १२ करोड १४ लाख रुपैयाँ नाघेको छ।



