CLI
Global College

प्रधानमन्त्री राहत कोषका नाममा अनधिकृत रकम सङ्कलन, खाताको नाम अनिवार्य यकिन गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा अनधिकृत रूपमा रकम सङ्कलन र ठगी भइरहेको भन्दै सर्वसाधारणका लागि विशेष सचेतना सूचना जारी गरेको छ। देशमा परेको विपद्का बेला नक्कली द्रुत सङ्केत (क्युआर कोड) तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी ठगी गरिएका घटनाहरू सार्वजनिक भएपछि केन्द्रीय बैंकले राहत रकम पठाउँदा अनिवार्य रूपमा सतर्कता अपनाउन अनुरोध गरेको हो

राष्ट्र बैंकका अनुसार चलचित्र वा चलभाष बैंकिङ, वालेट वा अन्तरबैंक रकम भुक्तानी प्रणालीबाट रकम पठाउँदा प्रापकको नाम अनिवार्य रूपमा “Prime Minister Disaster Relief Fund” रहे-नरहेको यकिन गर्नुपर्नेछ। साथै सामाजिक सञ्जाल, इमेल वा सन्देश पठाउने अनुप्रयोगहरूमा आउने अनधिकृत द्रुत सङ्केत स्क्यान नगर्न, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय वा अर्थ मन्त्रालयको अनलाइन सञ्जालमा रहेका आधिकारिक खाता विवरण मात्र प्रयोग गर्न र कसैलाई पनि एकपटक प्रयोग हुने गुप्तसङ्केत (ओटीपी), पिन वा गुप्तशब्द (पासवर्ड) नदिन आग्रह गरिएको छ

यदि कसैलाई आफू ठगीमा परेको शङ्का लागेमा तत्काल सम्बन्धित बैंक, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा जानकारी गराउन भनिएको छ

Leave Your Comment

Related News