क्यान कन्सल्टिङद्धारा स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग

काठमाडौं । क्यान कन्सल्टीङ सर्भिसेजले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आफ्नै कार्यालय नयाँ बानेश्वर मा स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग क्यानेडियन कलेज प्रतिनिधिबाट सम्पन्न गरिएको छ।

उक्त सेसनमा जर्जियन कलेजका कन्ट्री रिप्रेजेनटेटिभ फर साउथ एसिया रोहन रावतले क्यानडा र जर्जियन कलेजका अवसरहरूबारे विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए ।

विगत आठ देखि दश वर्षमा, क्यानडा उच्च शिक्षा खोज्ने विद्यार्थीहरूको लागि शीर्ष देशहरू मध्ये एक भएको वताउदै शिक्षाको उच्च स्तर र कम खर्चमा उच जीवनयापन को कारण विद्यार्थीहरू अन्य विकसित राष्ट्रहरू भन्दा क्यानाडालाई मन पराएको भन्ने कुरामा जोड दिएका थिए ।

विद्यार्थीहरुको बाक्लो उपस्थीत रहेको एड्मीसन डेमा क्यानडाको गुणस्तरीय उच्च शिक्षाको बारेमा जानकारी प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

एड्मीसनडेमा क्यान कन्सल्टिङ्ग सर्भिसेजकी अंमृता खत्री मारिखुले विद्यार्थीहरुको आवश्यकता अनुरूप क्यानाडाको शिक्षा प्रणाली, क्यारियर,अध्ययन पछिको अवसरहरू र जीवन शैली बारे सही जानकारी प्रदान गरेकोमा बिध्यार्थीहरू सन्तुष्ट रहेको जानकारी गराए ।

साथै कार्यक्रममा थुप्रै क्यानडा जान लागेका बिध्यार्थीहरूलाई प्री-डीपार्चर ब्रिफिङ्ग स्वयं जर्जियन कलेजका प्रतिनिधिबाट गाइड गरिएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार