काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
बिहान कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ । बिहान मौसम केही सफा रहे पनि अपराह्नपछि काठमाडौंमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ ।



