CLI
Global College

विपद्‌ राहतका लागि भारतबाट ११ सदस्यीय टोली र साढे ५ टन औषधिसहित पाँचौँ विमान नेपाल आउँदै

काठमाडौं ।  नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोपछिको उद्धार एवं राहत कार्यका लागि भारतले पाँचौँ सैन्य विमान नेपाल पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्चाल ‘एक्स’ (ट्विटर) मार्फत जानकारी दिँदै ११ सदस्यीय विशेषज्ञ उद्धार टोली, अत्याधुनिक उपकरण र साढे ५ टन (५,५०० केजी) अत्यावश्यक औषधिसहितको पाँचौँ विमान नेपालका लागि रवाना भएको बताएका छन्।

विदेशमन्त्री जयशंकरले पोस्ट गर्दै लेखेका छन्, “भारतको पाँचौँ विमान नेपालतर्फ प्रस्थान गरेको छ। यसमा विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र साढे ५ टन अत्यावश्यक औषधि सामेल छन्।”

Leave Your Comment

Related News