CLI
Global College

नागढुंगा पातले वनमा सडक भासियो, सुरुङमार्ग खुला गरियो

काठमाडौं । नागढुंगा पातले वनमा सडक भासिएपछि सवारी साधान आवागमन प्रभावित भएको छ । पातले वनमा सडक भासिएसँगै सडक एकतर्फी सञ्चालन गरिएको छ ।
सडक विभागका अनुसार सडक भासिए सँगै हाललाई पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ ।

विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।

सडक भासिएसँगै नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको हो ।

Leave Your Comment

Related News