काठमाडौं । भोटेकाशी बाढी प्रभावित क्षेत्रमा अवस्थित ६ वटा जलविद्युतमा हराइरहेका कर्मचारीको खोजी कार्य निरन्तर भइरहेको छ ।
उर्जा मन्त्रालयका अनुसार ६ वटा जलविद्युत आयोजनामा कार्यरत ४९ जना कर्मचारी अझै सम्र्पकविहिन रहेका छन् । मन्त्रालयका अनुसार देवीघाट जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत १ जना सुरक्षागार्ड , त्रिशुली जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत १ जना कर्मचारी र २ जना सुरक्षा गार्ड र माथिल्लो त्रिशुली (ए जलविद्युत केन्द्र ६० मेगावाट) मा कार्यरत ४२ जना कर्मचारी र कामदारको खोजी कार्य निरन्तर जारी राखिएको छ । त्यसैगरी रसुवा वितरण केन्द्रको कामदार १ जना , त्रिशुली ३ बी हव २२० के.भी सवस्टेशनमा कार्यरत १ जना सुरक्षा गार्ड , चिलिमे(त्रिशुली २२० के.भी प्रसारण लाइन आयोजनामा कार्यरत १ जना कर्मचारीको खोजीकार्य निरन्तर जारी राखिएको छ ।
सम्बन्धित जलविद्युत उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रीड सवस्टेशन तथा प्रसारण लाइन आयोजनाहरुबाट प्राप्त विवरण अनुसार प्राधिकरणका देहायबमोजिमका कर्मचारीर कामदारहरुसँग सम्पर्क स्थापित हुन नसकेकोले निजहरुको खोज तथा उद्धार गर्ने कार्य चौबिसै घण्टा निरन्तर चलिरहेको मन्त्रालयले जनाएको छ ।
ढुङ्गा, बालुवा, माटो लगायतका पदार्थहरु थुप्रिएको कारण त्रिशुली नदीको लेबल पहिलेको भन्दा निकै उच्च रहेको र टनेलको मुख्य प्रवेशमार्ग लगायत पावर हाउस क्षेत्र समेत धेरै पुरिएको अवस्थामा पावर हाउससम्म पुग्न विभिन्न उपकरणको प्रयोग गरी केवल टनेलबाट पावर हाउस भित्र प्रवेश गर्ने बाटो बनाउने कार्य भैरहेको छ। सो क्रममा ठूला ठूला ढुङ्गाहरु भेटिएकोले ब्लास्ट गरि पन्छाउने कार्य भैरहेको मन्त्रालयले जनाएको छ।
केवल टनेलको मुख खोलाको लेबल भन्दा तल रहेकोले टनेल र हाल बनाईएको प्रवेश मार्गमा जम्मा भएको पानी र लेदालाई बाहिर फाल्ने कार्य जारी रहेको छ ।
मन्त्रालयका अनुसार जटिल भौगोलिक अवस्था, प्रतिकुल मौसम एवम् सम्पूर्ण आवश्यक सामानहरु गर्नुपर्ने चुनौतिसमेतलाई छिचोल्दै प्राधिकरणले आफ्ना सम्पूर्ण स्रोत साधनहरुलाई अधिकतम परिचालन गरी विपदमा परेका कर्मचारी तथा कामदारको खोज तथा उद्धारकार्य निरन्तर राखेको जनाएको छ ।



