दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन, २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई […]

डिजिटल भुक्तानी सेवा निःशुल्क गर्न रास्वपा सांसद निशा डाङ्गीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डिजिटल भुक्तानी सेवालाई निःशुल्क गर्न सरकारसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। आज रास्वपाका सांसद तथा संसदीय दलको सचेतक निशा डाङ्गीले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई नेपालमा डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएकी हुन। नेपाल सरकारले एकातिर डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएका विद्युतिय कारोबारलाई प्रोस्ताहन गरेको […]

समाजिक सञ्जाललाई नियमन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता, कानून विपरितका कार्य गर्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिबाना

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्न भन्दै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न सरकारले राष्ट्रिय सभामा विधेयक दर्ता गराएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १३ गते राष्ट्रिय सभामा ‘सामाजिक […]

सुन्तला खेतीले रोकियो वैदेशिक रोजगारी, आम्दानी समेत आर्कषक

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए […]

९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले भारतबाट गहुँ आयातका गर्न इच्छुक फर्म वा कम्पनीलाई आवेदन खुला गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतले दिएको कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि नेपाली कम्पनीलाई कोटा खुलाएको जनाएको छ । विभागका अनुसार उक्त गहुँ आयातको लागि इच्छुक नेपाली फर्म/कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण न्यूनतम […]

इमर्जिङ्ग नेपालले माघ ३० गते बोलायो विशेष साधारण सभा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ ३० गते विशेष साधारण सभा बोलाएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठके लिसरा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ (ख) मा उल्लेख भए अनुसार शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने निर्णय पनि सभाले गर्नेछ । […]

लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्‌का लागि जुट्यो लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा.क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

हिमालय लाईफको बार्षिक साधारण सभा हुँदै, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले फागुन ११ गते साधारणसभा  आह्वान गरेको  छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्न गरेको प्रस्ताब पारित गर्नेछ  । बोनश शेयरमा  कर  लगानीकर्ता आफैले तिर्नु पर्ने छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको […]

हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित

मोरङ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र […]