समृद्धि फाइनान्स, जनकपुर शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाइएको थियो। उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गर्यो। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै […]

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

धनगढी । बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । उनी सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाएका उनले धनगढीमा घरजग्गा र घर जोडिसकेका छन् । उनले भने,“पढे लेखेकाहरूले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ […]

सागर डिस्टिलरीको आईपीओमा कति पर्‍यो आवेदन ?

काठमाडौं । सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीले जारी गरेको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको हो । यो अनुसार कम्पनीको आईपीओ भरेका २२ लाख ३३ हजार ४२९ जनाको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा २ करोड ६५ लाख १ हजार […]

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् । पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर […]

विज्ञहरूसँगको सुझाब अनुसार अघि बढ्छु : नवनियुक्त शिक्षामन्त्री पुन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए । ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ […]

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ६ गते आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम रु.५,०३१,१६४,४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम रु.२,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम […]

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले “हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल भावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ । उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको हो । हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी […]

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त गर्न सक्ने भएको छन् ।  साथै, अन्य सेवामा(चेकअप तथा उपचार सेवा) २५ % छुट दिने गरी सम्झौता पनि भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले मोबाइल एप (IME LIFE Mobile app)मा रहेको […]

मन्त्री सिन्हाको पहिलो निर्णय : सबै सरकारी कार्यालयमा नेपालमा उत्पादित फर्निचरको प्रयोग गरिने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिह्नाले पहिलो निर्णय गर्दै सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरु मात्रै प्रयोगमा प्राथमिकता दिने बताएका छन् । देशैभरका प्रदेश सरकार तथा स्थानीय तहमा सरकारले प्रयोगमा ल्याउने फर्निचरहरु नेपालमै उत्पादन खरिद गर्नुपर्ने निर्णय उनले गरेका हुन् ।

काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी आउने

काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने, “पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।” विसं २०७८ […]