सिटिजन्स बैंकले दियो दृष्टिविहीनलाई सेतो छडी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैंकले मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपाल द्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो कार्यले दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा […]

