एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीले  कम्पनीले २०८२ जेठ १५ सम्म कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.४२ कित्ता शेयर (१:०.४२) को अनुपातमा १ सय अङ्कित दरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद […]

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित […]

सेयर बजारको प्राविधिक विश्लेषणमा ‘एआइ’को प्रयोग बढ्दो, तर किन मिल्दैन विश्लेषण ?

काठमाडौं । पछिल्लो समय सेयर बजारको प्राविधिक विश्लेषणमा कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग बढ्न थालेको छ । विभिन्न सेयर स्क्रिनिङ सफ्टवेयरहरुले एआइको मद्दतबाट विश्लेषण गर्न मिल्ने प्रविधिको विकास गरेका छन् । नेप्से इन्डेक्सदेखि कुनै सीमित स्टकको पनि एआइ प्रयोगबाट प्राविधिक विश्लेषण गरिन्छ । यसबाट सेयर बजारको आगामी चाल अनुमान गर्छ सकिन्छ । तर, यसरी गरिएको विश्लेषण […]

लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये शुभ लक्ष्मी कोष ले १६% नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फन्ड–II ले १५% र सनराइज ब्लुचिप फन्डले १९% नगद लाभांश दिने भएको छ ।

सिन्धुलीबाट हराएका १६ जनाको हायु परिवार भेटिए कास्कीको गगनगौँडामा

काठमाडौं ।  सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जनाको हायु परिवार कास्कीको पोखरा महानगरपालिका स्थित गगन गौँडामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए। शनिबार राति पोखराकै होटल जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए। त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको […]

सागर डिष्टिलरीलाई आइपीओ बिक्रीको अनुमाति

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । यसले १४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गर्दैछ ।

बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी हेर्न नभ्याइनेमा परेको छ । ओझाको अनुभवसम्बन्धी योग्यता र उमेरसमेत नपुगी नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो । ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले अध्यक्ष ओझालाई निलम्बन […]

हिमालयन इन्भेष्टमेन्ट बैंकिङले ४ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्रीका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ४ अर्ब रुपैयाँको बन्दमुखी योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमित मागेको छ । क्यापिटलले एचएलआइ लार्ज क्याप फन्ड बिक्री गर्न अनुमति मागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले ४० करोड इकाई बिक्री गर्न लागिएको हो । यसको व्यवस्थापन हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्डको सहभागिता हुने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै यस एक्सपोमा ३५ वटा नयाँ प्रडक्ट लन्च हुने जनाएको छ ।  साथै, यस एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछन् । आयोजकका अनुसार एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने […]

नागरिक एपमा जोडियो आजदेखि श्रम संसार पोर्टल

काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ । आजदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो । मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । श्रम संसार पोर्टल, नागरिक एपसँग […]