‘रिड्डारा आरडी ६’ अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा उपलब्ध

काठमाडौं । सीजी मोटर्सले जिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप ‘रिड्डारा आरडी६’ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकले ९ लाख ९९ हजार रुपैयाँमात्र डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन् । यस अफर मार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रोफिट बुक गर्ने बढ्दा सूचकमा दबाब, साढे २६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक १८.४४ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेर २९६४.२० विन्दुमा झरेको हो । आज २६ अर्ब ५७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो कारोबार रकम गएको भदौ २ गते यताकै उच्च हो । आज नाफा बुक गर्नेहरुको संख्यामा वृद्धि आउँदा बजार घटेको […]

नेपाली उद्यम मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न, नेतृत्व हस्तान्तरण सम्पन्न

ललितपुर । नेपाल नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू […]

हेयर एण्ड शान्ती सैलुनमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच भएको समझौताअनुसार, बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा सैलुनका विभिन्न शाखाबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त छुट सेवा […]

नाइमा २०२५ मा सार्वजनिक हुँदै नेपालको लागि नयाँ ‘फोर्थिङ इभी

काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभि)बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ। फोर्थिङको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल […]

अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पारेकी छन् । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् । ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका […]

ऊर्जामन्त्रीको आग्रह– विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउन ठूलो परियोजनामा लगानी गर्नुहोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।   आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत […]

अख्तियार प्रमुख प्रेम राई विरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल) ले आइतबार उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ । उजुरीमा अख्तियार […]

चितवनमा लोडसेडिङ सुरु भएको छैन : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए । चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार […]

बुङ्गल हाइड्रो आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने अवधि साउन २६ गतेसम्म लम्बिएको छ। कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ […]