सामसङ इनोभेसन क्याम्पस: कोडिङ र एआई तालिममा तेस्रो ब्याच सुरु

काठमाडौं । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाइ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले […]

एनसेल शेयर बिक्री रोक्न माग गरिएको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर खरिद बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। सांसद अमरेशकुमार सिंहले २०७९ मंसिर २२ गते सर्वोच्च अदालतमा एनसेलको शेयर बिक्री रोक्न माग गर्दै रिट दायर गरेका थिए। रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल […]

एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध

काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध गरेको छ । सरकारले विद्युत ऐन, २०४९ को दफा ३३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख […]

एओजी एक्स कल्टद्वारा तेस्रो ओभर नाइट राइड आयोजित

काठमाडौं । एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । यात्राको आयोजना २०८१ पुस ५ र ६ गते (२० र २१ डिसेम्बर २०२४) गरिएको थियो । राइड अन्तर्गत सहभागीहरुले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए । यो कार्यक्रममा उत्साही बाइकर्स तथा […]

विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको […]

नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षका लागि सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको हो। समितिको संयोजक राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्य रहनेछन् । अन्य सदस्यमा अर्थ सचिव र विज्ञ सदस्यको रूपमा ज्योतिचन्द्र ओझालाई चयन गरिएको छ। नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद […]

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख […]

५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो । सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । चीनमा ६१ करोड […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । बुधबार सार्वजनिक बिदा पछि खुलेको शेयर बजार सामान्य बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३० अंकले बढेर ४५१.४५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२४ र सेन्सेटिभ फोल्ट […]