प्रधानमन्त्रीको सहभागितामा आज आर्थिक सुधार, लगानी अभिवृद्धि भूमिकाबारे संवाद हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ। महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्। संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार […]

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय रहेको मन्त्रालयले जनाएको छ ।

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए । पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंकले जनाएकाे छ ।

नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) शेयरका लागि आवेदन दिनु पर्नेछ। बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ […]

टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक: सबैभन्दा धेरै खोजियका सेलिब्रेटिमा प्रियंका कार्की र राजेश हमाल

काठमाडौं ।  टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची  सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ। २०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज […]

करिब २ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपलाी बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि १२० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ […]

स्वावलम्बन लघुवित्तको अध्यक्षमा गिरी चयन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बेचन गिरी चयन हुनुभएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्षमा चयन गरेको हो । साविककी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गको पदावधि पुस १५ गते समाप्त भएकाले अध्यक्षमा गिरीलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी […]

बुलेट हटाउन ६ वटा क्रेन प्रयोग, झन्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड

रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग […]

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने […]