आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा […]

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ। भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत सहभागी छन्। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो। यससम्बन्धमा […]

अजिरकोटमा स्याउ खेतीको सफल परीक्षण

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा परीक्षणस्वरूप गरिएको स्याउखेती सफल भएको छ। अजिरकोट गाउँपालिका–२ अन्तर्गत मूलखर्क र नब्लुस्थित दुई वटा फार्ममा तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका स्याउका बिरुवाले यस वर्षदेखि राम्रो उत्पादन दिन थालेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रमअन्तर्गत समुद्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ […]

सबै वस्तुमा एमआरपी लागू गर्ने निर्णय पुनर्विचार गर्न राष्ट्रिय व्यवसायी महासंघको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको […]

भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) हरूका लागि ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । राष्ट्र बैंकले आज आइतबार यो मार्गदर्शन सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार, मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको हो। यसको […]

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनु पर्छ : सभापति देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनु पर्ने बताएका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष […]

मिडिया काउन्सिल सरकारसँग जोडिनु पर्छ : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल सरकारसँग जोडिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग भएर बस्न सम्भव नहुने बताएका हुन् । ‘मिडिया काउन्सिको बारेमा स्वतन्त्र र स्वायत्त […]

शिवश्री हाइड्रो र सिटी होटेललाई हकप्रद निष्काशनको अनुमति

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शिवश्री हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत ९१स्१० हकप्रद निष्काशन गर्नेछ भने सिटी होटेल लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको […]

२९०० बाट फर्कियो शेयर बजार, करिब साढे २१ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ । शुक्रबार २८७० अंकमा पुगेर बन्द भएको शेयर बजार आइतबार २९२२ मा पुगेर ओरालो लागेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले घटेर ४९८.०३ विन्दुमा पुगेर […]

मिडिया क्षेत्रलाई सरकारअन्तर्गत होइन संसदअन्तर्गत राख्नुपर्छः सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राखेकी हुन् । उनले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकूल हस्तक्षेप गर्नसक्ने बताइन् । भट्टराईले नागरिकले […]