संचालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक: निर्जीवन बीमा व्यवसायी संघ

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको […]

वैदेशिक सहायता २३७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा […]

इसेभेनस्टार डटकमबाट टिकट काट्दा यती एअरलाइन्सको माउण्टेन फ्लाईटमा जाने मौका

काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा उल्लेख्य लोकप्रियता हाँसिल गर्दै गएको अनलाईन ट्राभल एजेन्सि इसेभेनस्टार डट कम (www.esevenstar.com) ले ग्राहक लक्षित विषेश अफर ल्याएको छ । “आकाशमा भ्यालेन्टाईन्स्” अफर अन्तर्गत इसेभेनस्टार डट कम तथा सेभेनस्टार ट्राभल एण्ड टुर्स मार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तब्यका लागि टिकट काट्ने ग्राहकहरुले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् । यस अफर […]

एउटै परिवारले उत्पादन गर्‍यो ३४ लाखको अलैँची

इलाम | नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्नसके कसैको मुख नताकी वार्षिक लाखौं रूपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको संख्या त बढ्दै गएको छ । तर, कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् । […]

सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम […]

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगसहित मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत पाँच जनाविरुद्ध संगठित रुपमा सहकारी […]

२५८३ मा नेप्से घट्दा पनि ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारदेखि आरोलो लागेको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६९ अंकले घटेर ४४३.०८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.१३ र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

१० ठूला वाणिज्य बैंकको ऋण परीक्षणका लागि पुन: प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणका लागि पुन: प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँगको सम्झौताअनुसार १० ओटा ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले पुन: प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक सूचना जारी गरी अन्तरराष्ट्रिय लेखापरीक्षक कम्पनीबाट प्रस्ताव आह्वान गरेको हो […]

पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक […]

५८ अर्ब ३१ करोड थप हुदाँ करिब २५ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं । सार्वजनिक ऋण करिब २५ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको ५ महिनामा सरकारको ऋण ५८ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ र बाह्य […]