हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा पछिल्लोपटक औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ । यही माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी […]

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आम नागरिकको अपेक्षाअनुसार प्रहरी सङ्गठन बनाउन […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले थाइल्याण्डको बैंककमा सम्पन्न छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा एसियाली बीमा बजारमा नवीनता, रणनीतिक प्रभाव र ग्राहक–केन्द्रित पहललाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो। कम्पनीका अध्यक्ष रतन […]

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कति ?

काठमाडौं ।‍ आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।यस दिन सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो । त्यस्तै,चाँदी पनि ३०० रुपैयाँले बढेको छ ।  बजारमा चाँदी […]

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” पुरस्कार वितरण

काठमाडौं ।   यस वर्षको “MAN–Citizens Aspiring Manager Award”  गौरव उप्रेती  लाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघ (MAN) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ , शनिबार घोषणा गरिएको हो । उक्त पुरस्कार सम्माननीय प्रधान न्यायाधीश  प्रकाश मान सिंह राउतबाट प्रदान गरियो । यस पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन […]

नेपाली टोलीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्- वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताएकी छन् । उनले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राखेकी छन् । उनले भनेकी छन्, ‘आज मुम्बईको वानखेडे […]

नागरिक लगानी कोषको नाफा ६६ करोड ५३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यस कम्पनीले ६२ करोड २२ लाख नाफा आर्जन गरेको थियो । कोषको खुद ब्याज आम्दानी १९ करोड ३३ लाखबाट घटेर १७ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । सेवा शुल्क तथा […]

घोराही सिमेन्टको आम्दानी बढ्यो, कम्पनी भने २६ करोड ४९ लाख घाटामा

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ  । गत वर्षको सोही अवधिमा कम्पनी ६६ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा थियो । सञ्चालन आम्दानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बिक्री लागत१ अर्ब ६१ करोडबाट […]

इन्फिनिटी लघुवित्तले कमायो ६ करोड नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ६ महीनाको अवधिमै ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको ६ महीनाको अवधिसम्म भने कम्पनीले ९ करोड ४६ लाख रुपैयाँ खुद घाटा बेहोरेको थियो। घाटामा रहेको कम्पनीले आन्तरिक तथा बाह्य समस्या र चुनौतीहरूको विश्लेषण गरी […]

युनाइटेडको लगातार चौथो जित

काठमाडौं । माइकल कारिकको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकाल्दै मुख्य प्रशिक्षकका रूपमा उनको शतप्रतिशत सुरुवात कायम राखेको छ। युनाइटेडले शनिबार टोटनहम हटस्परमाथि २–० को जित‌निकालेको छ। ब्रायन एमब्युमो र कप्तान ब्रुनो फर्नान्डेसको गोलमा जित सम्भव भएको हो । एमब्युमोले ३८ औं र फर्नान्डेसले ८१ औं मिनेटमा गोल गरे। जितसँगै अन्तरिम जिम्मेवारीको दोस्रो कार्यकालमा […]