इटहरी उपमहानगरको भएन बजेट पारित

काठमाडौं । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सत्तापक्ष र प्रतिपक्षी दलबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको आरोप लगाएका छन्। उनले सामाजिक […]

छाउगोठ बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुनर्विचार गछौंः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन्। बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य […]

बजेट कार्यान्वयन सँगै बढ्यो शेयर बजार, साढे १६ अर्ब कारोबार रकम पुग्दा करिब ४८ अर्ब पुग्यो बजार पुँजीकरण रकम

काठमाडौं ।  शेयर बजारका लागि लचिलो बजेट र मौद्रिक नीतिका कारण चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । […]

बजेट कार्यान्वयनसँगै बढ्यो शेयर बजार, २८०० माथि पुग्यो नेप्से

काठमाडौं । लचक मौद्रिक नीति तथा बजेट कार्यान्वयनमा आएसँगै चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.८३ अंकले बढेर ५०१.१० विन्दुमा पुगेर बन्द भएको छ । अपरिष्कृत विवरण […]

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ (स्याङ्जा) । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी […]

उद्योगमन्त्री भण्डारीका एक वर्षः १९ औद्योगिक पहुँच सडकका लागि २० करोड ७६ लाख रकम निकासा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख […]

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गरेका छन्  । “तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी […]

पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री बलराम अधिकारी, घुस प्रकरणमा देलान् जवाफ ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दैछन्। पत्रकार सम्मेलन बिहीबार दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ। सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को उपलब्धि सार्वजनिक गर्दैछन्। अधिकारीले मन्त्रीका रूपमा कार्यसम्पादन गरेको एक वर्ष पुगेको छ। उनले सम्मेलनमार्फत एकवर्षे उपलब्धि सार्वजनिक गर्न लागेका हुन्। त्यसो त मन्त्री अधिकारी घुस लिएको अडिओ […]

८ निर्माण कम्पनी परे कालो सूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आठवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन( २०६३ को दफा ६३ को […]

नयाँ आर्थिक वर्ष सुरुसँगै करिब पौने २० खर्बको बजेट आयो कार्यान्वयनमा

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट आजदेखि कार्यान्वयनमा आएको हो । अर्थ मन्त्रालयले यस आवमा बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । आज साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाने अर्थमन्त्रालयले जनाएको छ । […]