समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ । प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्यधिक […]

भोजपुरको देउराली उद्यान आकर्षकस्थल बन्दै

भोजपुर । देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिए। युवाहरूले राष्ट्रिय […]

सिटि होटलको अवितरित हकप्रद सेयर लिलाममा, मूल्य कति ?

काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम सेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित सेयर लिलाममा राखेको छ । होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फको (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फको (लकइनमा रहेको) […]

सानिमा बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

काठमाडौं । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१ औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको हो । लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको बैंक खातामा ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) पठाइएको बैंकले जानकारी दिएको छ । साथै बुक […]

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका […]

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी गर्दै केदार

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको […]

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् । वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका […]

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको बताए । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ […]

आजको मौसम : ‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ […]