बीमा व्यवसायमा इमान्दारिता र सुशासन अपनाउन प्राधिकरण अध्यक्ष ओझाको निर्देशन

काठमाडौं ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा […]

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष कार्कीले आजै बसको बैंकको सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गरेका छन्। नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी […]

लगानीयोग्य रकम पर्याप्त, कृषि र एसएमई क्षेत्रमा देखिएको समस्या समाधान जरुरीः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले मुलुकको अर्थतन्त्रमा लगानीका लागि पर्याप्त रकम उपलब्ध रहेको बताएका छन्। उनले अहिलेको अवस्थामा लगानीको दृष्टिले ‘बेस्ट अफ टाइम’ रहेको उल्लेख गर्दै यथाशीघ्र कृषि र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थतन्त्रमा केही न केही […]

स्वतन्त्र पेशाकर्मीलाई लक्षित ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट’: बैंकिङ प्रणालीमा नयाँ अभ्यास

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको तीव्र विकास र स्वतन्त्र पेशाकर्मी (फ्रिल्यान्सर)को संख्या बढ्दो क्रममा छ । यस्तोमा फ्रिल्यान्सरलाई बैंकिङ प्रणालीमा जोड्न सिटिजन्स बैंकले पहिलो पटक ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सार्वजनिक गरेको छ । बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाका अनुसार यो योजना विशेष गरी स्वतन्त्र रुपमा काम गरिरहेकाहरूलाई बैंकिङ प्रणालीमा समेट्ने उद्देश्यले ल्याइएको […]

वैदेशिक रोजगारमा रहेकालाई आइपीओ जारी अवधि घट्यो, बैंकलाई  अग्राधिकार शेयरको व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा नवौँ संशोधन गरेको छ। धितोपत्र बोर्डले आन्तरिक रुपमा गठित समितिको सिफारिसमा यो निर्देशिकामा संशोधन गरिएको हो। संशोधित निर्देशिकामार्फत दुईवटा व्यवस्था कायम गरिएको छ। संशोधित निर्देशकामा अब विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याइएको शेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तीमा […]

सातौं दिनमा घट्यो शेयर बजार,२६८४ मा नेप्से झर्दा करिब सवा अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ, यो सँगै अघिल्लो आइतबार देखि बढेको शेयर बजार सोमबार घटेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१३ अंकले घटेर ४५९.६६ विन्दुमा पुगेर बन्द भएको छ । साथै […]

कामना विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ४० हजार ३३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले खरीद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबार असार २३ गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको […]

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्। पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे उनको सचिवालयले जनाएको छ। तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि […]

च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा विद्युतीकरण गरिएको जानकारी दिए । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने, एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडानका साथै […]

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो। मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग […]