तराईका केही भागमा चार डिग्री सेल्सियस नाघ्यो तापक्रम, तातो लहरको सम्भावना

काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । […]

जितपुरमा मासु पसलमा मनपरीः आधा मासु, आधा पानी मिसाएर विक्री

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ मा अवस्थित जितपुर तरकारी बजार तथा मुख्य सडक छेउका माछा–मासु पसलहरूमा विक्रेताहरूले मासु खरिद र विक्रीमा मनपरी गर्न थालेका छन्। स्थानीय व्यवसायीहरूले बिना दर्ता पसल संचालन गरी मासुको मूल्य पनि स्वेच्छाचारी रूपमा तोक्दै आएका छन्। नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले यस विषयमा हालसम्म कुनै पनि […]

चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

काठमाडौं । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान यही बिहीबार अप्रिल २४ तारिखका दिन दिउँसो ५ः१७ बजे उत्तरपश्चिम चीनस्थित जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने जानकारी चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले दिएको छ । ‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष यान श्रृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो, जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित […]

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त, रघुजी पन्त नयाँ शिक्षामन्त्रीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई पदबाट बर्खास्त गरेका छन्। साथै, रिक्त रहेको शिक्षामन्त्रीको पदमा रघुजी पन्तलाई नियुक्त गरिएको छ। शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि खाली रहेको मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता रघुजी पन्तलाई रोजेका हुन्। पन्तले भोलि पद तथा गोपनीयताको शपथ लिने […]

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक

काठमाडौं । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक सङ्कटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् । दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को सङ्कट पछि पहिलो आर्थिक विस्तार हो […]

विकास आयोजनाको संख्या घटाउन पूर्वअर्थमन्त्री डा. महतको सुझाव

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आर्थिक स्रोतमा चाप परिरहेको अवस्थामा विकास आयोजनाको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले चालु राजस्व संकलनमा उल्लेख्य सुधार नआएकाले सरकारको ढुकुटीले सबै आयोजना धान्न नसक्ने स्पष्ट पारे। “आगामी आर्थिक वर्षमा बजेट घाटा अझै बढ्ने देखिन्छ। खर्च निरन्तर बढिरहेको […]

प्राइम कमर्सियल बैंक एनपीएस नेस्नल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । प्राइम कमर्सियल बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयु कक्ष सञ्चालनमा, अब आईसीयु कक्षमा बेड अभावको समस्या कम हुने

काठमाडौं । वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार नौ शैय्यासहितको सर्जिकल आइसीयु कक्षको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्री पौडेलको नीतिअन्र्तगत वीरमा आइसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक डा। दिलिप […]

पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयकोः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन् । ‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो।विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी […]

इसेवाको नयाँ अफर: १ लाख जित्ने मौका

काठमाडौं ।  नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ। हालसम्म नेपालका सम्पूर्ण बैंकहरू इसेवामा आबद्ध भइसकेका छन्, जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाएको छ। यसै उपलब्धिको अवसरमा इसेवाले “झ्याप्पै […]