आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ  । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्न स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस माग गरेकोमा प्राधिकरणको मंसिर १२ गतेको […]

उखुको समर्थन मूल्य तय, अनुदान रकम भने निर्णय गर्न बाँकी

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य झण्डै २० रुपैयाँ बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । […]

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० […]

काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भयो र भ्रष्टाचार बढ्यो – बर्षमान पुन अनन्त

काठमाडौं । इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै थिएन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले  गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । उनले  र्दुइ ठूला दल काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए । सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि […]

मौसम सफा रहने यी तीन प्रदेशमा आंसिक वदली हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ  । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान […]

यस्तो आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । […]

९ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी

काठमाडौं । मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा ३० खर्ब ३९ अर्ब ३३ करोड लगानी रहेको हो । ती उद्योगबाट सात लाख पाँच हजार ८७८ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ । गत आवमा दर्ता […]

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबको सेवामा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रालिबिच मङ्सिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई […]

सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

काठमाडौं । नेपाली उपभोक्ताका लागि परिचित कम्पनि सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनिले दावी गरेको छ।  यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा-दक्ष बनाउने लक्ष्य लिएको छ। ५ वर्षको ग्यारेन्टी सहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको […]

रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइने

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी ५ बजे हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि […]