CLI
Global College

निरन्तर ६ दिन बढ्यो शेयर बजार, २७०६ मा नेप्से पुग्दा साढे १४ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ, यो सँग गत आइतबार देखि बढेको शेयर बजारले निरन्तरता पाएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले घटेर ४६३.७९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.२३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३३ अंकले घटेको छ ।

आइतबार ३१८ वटा कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा १४ करोड ५५ लाख ४७ हजारले कम हो ।
बिहीबार ३१ वटा कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख पुगेको छ । बिहीबार भने बजार पुँजीकरण रकम ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख पुगेको थियो ।

यसदिन ८७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन ७ वटा उपसमूह बढ्दा ६ वटा उप समूह घटेको छ । बैंकिङ २, वित्त ६२, लगानी ०.४१, उत्पादन र प्रशोधन ४६, म्युअुचल फण्ड ०.०२, व्यापार ३७ र अन्य समूह ७१ अंकले बढेको हो । त्यस्तै विकास बैंक ८७, होटल र पर्यटन १७, जलविद्युत ३८, जीवन बीमा १७७, लघुवित्त ३.४०, र निर्जीवन बीमा ६५ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, लक्ष्मी सनराइज बैंक प्रोमोटर शेयर, हिमालय रिइन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ४९ करोड ४० लाख, लक्ष्मी सनराइज बैंक प्रोमोटर शेयरको ३७ करोड ८१ लाख, हिमालय रिइन्स्योरेन्स कम्पनीको ३४ करोड २४ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाखर एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २८ करोड ८४ लाख बराबर कारोबार भयो ।

Leave Your Comment

Related News