एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

काठमाडौं । नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेको छ । एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् । ‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । ‘ प्रतिवेदन तयार भए पछि हेर्ने […]

अनलाइन व्यवसाय दर्ता अनिवार्य: साउन २ भित्र सरकारी पोर्टलमा सूचीकरण गर्नुपर्ने

काठमाडौं । सरकारले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै आगामी साउन २ गतेभित्र सूचीकरणका लागि निवेदन पेस गरिसक्न आग्रह गरेको हो । विद्युतीय व्यापार ऐन, २०८२ गत वैशाख […]

लाखौं रकम हुण्डीमार्फत कारोबार गरेको आशङ्कामा ३ जना पक्राउ

वीरगञ्ज (पर्सा) । स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ […]

सागर ढकालको घोषणा-‘रुपन्देही-३ मा ६२ हजार भोट पाएर इतिहास रच्नु पर्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका सागर ढकालले रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने तयारीमा देखिन्छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले रुपन्देही-३ को उपनिर्वाचनलाई प्रमुख दलहरूको ‘राणा शासन’ विरुद्धको निर्णायक लडाइँको सुरुवात बनाउनुपर्ने बताएका छन्। उनले सीधै उम्मेदवारी घोषणा नगरे पनि मतदातालाई ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ रु’ भन्दै […]

कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै संशोधनको तयारी 

काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयनमा आउन नपाउँदै २ पटक संशोधन गरेको हो । श्रम मन्त्रालयले २०८० फागुन १७ गते कार्यविधि स्वीकृति गरेको थियो । त्यसपछि २०८१ […]

आज सार्वजनिक हुँदै एमजी विन्डसर

काठमाडौं । एमजी ब्रान्डको नयाँ विद्युतीय सवारी साधन एमजी विन्डसर आज नेपाली बजारमा सार्वजनिक हुने भएको छ । एमजी गाडीका नेपाली आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आज एमजी विन्डसर सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । एमजी विन्डसरमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। गाडीले अधिकतम १३६ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्ने […]

बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ६३ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ६३ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ […]

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो अन्तर्गतको विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले आज (असार १८ गते) एक सूचना जारी गर्दै तोकिएको मितिभित्र आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ। सूचना अनुसार अनलाइन आवेदन फारम असार १८ गतेबाट सुरु भई २०८२ असार […]

एएफसी महिला एसियन कप छनोट: आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन […]