वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड सङ्कलन भएको […]

लिभरपुल माथि म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लिभरपुलमाथि पुनरागमन जित निकालेको छ । एनफिल्डमा एर्लिङ हालान्डले आफ्नो पहिलो गोल गरेपछि सिटीले लिभरपुलाई २–१ ले हराएको हो । यो जितसँगै सिटीको प्रिमियर लिग उपाधि आशा कायम राखेको छ । आर्सनल (५६ अंक) ले शनिवार लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको थियो । तर आइतवारको जितपछि सिटीले […]

निर्वाचन आउन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम […]

जीवन बीमा पोलिसी सरेण्डर घट्दै, ६ महिनामा साढे पाँच अर्ब रुपैयाँको पोलिसी त्याग

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम रकम पछिल्लो समय घट्दै गएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा पोलिसी सरेण्डर बापतको रकम २३.७७ प्रतिशतले घटेको हो । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको पुस महिनासम्ममा सरेण्डरमार्फत साढे ५ अर्बबढी रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा […]

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पन प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही […]

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, २५ वर्षमा भित्रिए २६ लाख विदेशी

पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार सन् २००१ देखि २०२५ सम्मको अवधिमा यो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। सन् २०२५ मा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ लाख ९९ हजार ८३१ पर्यटकले यस क्षेत्रको […]

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको […]

८९ प्रतिशतले बढ्यो जीवन विकास लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उलेख्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.३७ प्रतिशतले नाफा बढेको हो । गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू […]

सूर्यज्योति लाइफको सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे २ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि सेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनी प्रा.लि को नाममा रहेको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्रीमा राखेको […]

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन पिदने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले […]