२१ अर्बको ५० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ। केन्द्रीय बैंकले  सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो ।  यो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो ।

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताइन् । प्रधानमन्त्री कार्कीले आज जारी गरेको  समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले […]

नेप्से सूचक २२.५८ अकंले घट्यो

काठमाडौं । बुधबार नेप्स परिसूचक २२.५८ अकंले घटेर २५०५.५८ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन २०६ वटा कम्पानीको ७६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ । त्यस्तै, ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन १२ वटा समूह घटेका छन् र एउटा समूह भने बढेको छ। वाणिज्य बैंक […]

नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री हुने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौता अनुसार, उक्त वस्तुहरू […]

इपानले भन्यो – सेबोनका अध्यक्ष श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउनु पर्छ

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउने पर्ने बताएको छ । उपमहासविच प्रकाशचन्द्र दुलालले सेबोनका अध्यक्ष श्रेष्ठले पैसा उठाउने प्रयास गरेको भन्दै सरकारले तत्काललाई उनलाई हटाउनुपर्ने बताए । उनले एजेन्ट लगाएर सेबोनका अधिकारीहरुले पैसा माग गरेको हुँदा वर्तमान सरकारले सेबोनको […]

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन्। राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका संघ (आइपियु) को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ […]

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आजदेखि राहदानी सेवा सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे […]

अन्तर्राष्ट्रिय मुद्रा कोषले घटायो नेपालको आर्थिक वृद्धि प्रक्षेपण, आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर प्रक्षेपणलाई सामान्य रूपमा घटाएको छ। आईएमएफको प्रमुख प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ मा चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यसअघि गत अप्रिलमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अनुमान गरेको थियो। ‘जेन जी’ आन्दोलनका कारण […]

जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन्

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका- ३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि सम्पर्कविहीन छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन्। २४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअघिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए […]

जेनजीलाई भोटेकोशीको शेयर निःशुल्क दिइएको छैन

काठमाडौं । भोटकोशी जलविद्युत आयोजनाको शेयर जेनजी समूहलाई निःशुल्क वितरण नगरिएको बताइएको छ । भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड बीच निःशुल्क सेयर दिने गरी सहमति नभएको बताइएको हो । भोटेकोशी पावर कम्पनीले असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी […]