असोजमै फुल्यो ‘पलम’

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन÷चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको […]

सामूहिक सयपत्री फूलखेतीमा महिला

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष […]

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

काठमाडौं । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० […]

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका […]

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुकक्लोज गर्ने भएकोले आज सम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ । यस्तै, आज पाउन्ड […]

स्थानीयले निःशुल्क सेयर माग गरेपछि १० जलविद्युत आयोजना निर्माणमा अवरोध

काठमाडौं । विभिन्न जलविद्युत आयोजनाको निःशुल्क सेयर माग्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले अवरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न १० आयोजनाको निःशुल्क सेयर मागेकाले आयोजना निर्माणको काम अवरोध भएको हो । इप्पानका अनुसार बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ […]

बोर्डबाट आईपीओ जारीको अनुमति नपाउँदा १ खर्ब बढीको नोक्सान, १ खर्ब ८ अर्ब क्षतिपूर्ति माग गर्दै अख्तियार गहार्ने तयारीमा इप्पान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीहरूलाई समयमा आईपीओ निष्कासन गर्न नदिँदा १ खर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले जानकारी दिएको छ । इप्पानले सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाइ गर्नु अख्तियारको दुरुपयोग मानिने भएको कारण समयमै आईपीओ निष्कासन गर्न नदिने सेबोनविरुद्ध अख्तियार जाने बताएको हो । ‘समयमा […]

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

काठमाडौं । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवद्र्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा […]

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो । नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो […]