आयतित मह रोक्न दाङका किसानको माग

घोराही । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताए । घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आएका ओलीले चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा […]

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता भएको छ। सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन सम्झौतामा हस्ताक्षर भएको हो। आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरे। सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको […]

१८ निर्माण कम्पनी परे कालो सूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। कार्यालयले मंगलबार  सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको […]

७ महिनामा शेयर बजारबाट १० अर्ब ८३ करोड पुँजीगत लाभकार संकलन

काठमाडौं । सरकारले पछिल्लो समय शेयर बजारबाट पौने ११ अर्ब आम्दानी गरेको छ । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा शेयर बजारबाट १० अर्ब ८३ करोड ९४ लाख आम्दानी गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब पाँच गुणाले बढी हो । सरकारले गत आर्थिक वर्षको ७ महिनामा शेयर बजारबाट २ अर्ब […]

सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्बको ऋणपत्र बिक्रीमा ल्याएको छ । ऋणपत्र बिक्रीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि फागुन ८ गते बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयको सूचनामा उल्लेख छ । फागुन ९ मा कार्यालयले ऋणपत्र बिक्री जारी गर्ने […]

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था छ : लेखा समिति सभापति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा पनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्। सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए। ‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु […]

‘आईपीओ रोकिँदा १५ खर्ब लगानी भएको ऊर्जा क्षेत्र अन्योलमा पर्‍यो’

  काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिदिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको […]

जलविद्युतको आईपीओ निष्काशन रोक्नुहुँदैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा  उनले  आइपिओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने बताए। विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय […]

प्राण गाँसेको सिर्जनालाई अवमूल्यन नगर्न कवि सीमा आभासको आग्रह

काठमाडौं । कवि सीमा आभासले कविहरुको सिर्जनासँग प्राण गाँसेको हुने भन्दै त्यसको अवमूल्यन नगर्न सबैमा आग्रह गरेकी छिन् । नेपाली कवि तथा साहित्यकि क्षेत्रलाई विदेश सहयोगमार्फत् सञ्चालन भएको आरोप लागे सँगै उनले साहित्यकि क्षेत्रका सिर्जनामा सिर्जनाकारहरुको प्राण गाँसिएको हुने भन्दै त्यसको अवमूल्यन नगर्न सबैमा आग्रह गरेकी हुन् । पछिल्लो समयमा अमेरिकी सहयोग नियोग (युएसएड) को […]

सात सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रति तोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ६८ हजार ७०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका […]