सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंधका अनुसार सुनको भाउ प्रतितोला २६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य २ लाख ३४ हजार ६०० रुपैयाँ थियो । यता, चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ […]

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभाश घोषणा गरेको छ । यस बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई प्रतिफल वितरण हुनेछ ।  

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकको १०० प्रतिशत हकप्रद सेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार बैंकले २६ करोड […]

खानी खोला हाइड्रोपावरको हकप्रद बाँडफाँड, साढे ४ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरिएको हो । कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर […]

सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ । यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने […]

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने

काठमाडौं । असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड […]

भेट्रान फुटबलको नयाँ मिति घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता असोज २५ देखि २९ गतेसम्म हुने भएको छ । यसअघि प्रतियोगिता भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतियोगिता स्थागिता गरिएको थियो […]

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् । घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरू समयमा भन्दा तिहारमा मादलको माग बढ्छ […]

व्यावसायिक मौरीपालनमा किसान आकर्षित

भोजपुर । यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख साधन बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई […]

एशियन लाइफको लिलाम सेयर बाँडफाँड

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बिक्रीमा राखेको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो […]