ऋण सहजीकरणका लागि घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचारका तीन मुद्दा
काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा भ्रष्टाचारका मुद्दा दर्ता गरेको छ । विभिन्न ऋणीसँग ऋण सहजीकरण गरिदिने भन्दै घुस खाने गरेको आरोपमा अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीलाई आयोगले २०८१ माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । पक्राउ परेर […]

