एशियन लाइफको हकप्रद लिलामीमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम मौका रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि बोलपत्र संकलन प्रक्रिया सुरु गरेको हो। यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अंशलाई कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो। […]

