एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको […]

टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्यांक समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न […]

महावीर पुनको म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् ।

स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?

काठमाडौं । स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ। यस परीक्षणले ग्राहकहरूलाई ARAI-प्रमाणित तथ्यांकमा उल्लेख गरिएको भन्दा सडकमा चलाउँदा इन्धन दक्षतामा कस्तो फरक देखिन्छ भन्ने स्पष्ट चित्र दिन्छ। १.०–लिटर टर्बो पेट्रोल इञ्जिन र म्यानुअल गियरबक्ससहित आएको किलाकको ARAI–प्रमाणित माइलेज १९.६८ किलोमिटर प्रतिलिटर हो। तर वास्तविक ट्राफिक र सडक अवस्था भिन्न हुने […]

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजीसम्बन्धी व्यवस्था खुकुलो बनाएको छ। बोर्डको निर्णयअनुसार अब योग्य र अनुभवी योजना व्यवस्थापकहरूले १५ प्रतिशतको सट्टा १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप इकाई निष्कासन गर्न सक्नेछन् । यसअघि सबै म्युचुअल फण्ड योजनामा […]

सुनचाँदीको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन को मूल्य २ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । चाँदी पनि ७० रुपैयाँले बढेको छ ।बजारमा […]

नेकपाले टुंग्यायो प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, कुन क्षेत्रबाट कसले पायो टिकट ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन देशभरका उम्मेदवारको अन्तिम सूची टुंगो लगाएको छ। नेकपाले माघ ६ गते देशभर उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ। यसअघि नै पार्टीले सबै जिल्ला र क्षेत्रबाट उम्मेदवार तय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट उम्मेदवार बनाइएको छ।  कुन […]

रेनु दाहालले दिइन् राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् । मंगलबार चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् । उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् ।

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले स्थानीय वासीका लागि साधारण (शेयर आइपीओ) मा आवेदन दिने समय बढाएको छ । पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो। कम्पनीको आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको […]

मेची भन्सार कार्यालयबाट २५ अर्ब ३ करोडको सामग्री आयात

झापा । चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार […]