दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन

खोटाङ । दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, […]

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले  जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका  महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले  […]

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री सवार जहाज कोलकाता डाइभर्ट

काठमाडौं । देशभरि देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। कमजोर ‘भिजिबिलिटी’का कारण विशेषगरी आन्तरिक उडानहरूमा असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भीएफआर) अनुसार केही उडानहरू सञ्चालन भए पनि काठमाडौं उपत्यकाबाहिरका अधिकांश विमानस्थलहरूमा बिहान उडान सम्भव हुन सकेन। मौसम प्रतिकूलताका कारण परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार जहाज कोलकातामा […]

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन […]

दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । अहिले एक सिफ्टमा भैरहेको छ, उनले भने, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं । ल्याब क्षमता वृद्धि निमित्त निर्देशक […]

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा कोशी अस्पताललाई ९ थान फलामका डस्विन हस्तान्तरण

काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको ९ थान डस्विन अस्पताललाई दिएको हो । कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष […]

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ । त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित […]

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, अफरसहित दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म ९आइतबारदेखि बुधबारसम्म० बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म दैनिक सञ्चालन हुनेछ। साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो […]

नेशनल साईबर ओलम्पियाड-२०८१, +२ संस्करण सम्पन्न

काठमाडौं । नेशनल साईबर ओलम्पियाड–२०८१ (National Cyber Olympiad – 2081) को +२ संस्करणको पहिलो प्रतियोगिता सम्पन्न भएको छ । +२ संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि काठमाडौंमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको थियो । फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाडौंमा फाल्गुनको १५ गते […]

ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका बताएका छन् । चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिब ३ सय अर्ब डलरको घाटा छ। अमेरिकासँग उनीहरूले फरक […]